ज्याेति विकास बैंककाे १० प्रतिशत बोनश

काठमाडौं । ज्याेति विकास बैंकले आफ्ना सेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर तथा लाभांश दिने भएको छ ।

बैंकको बुधबार भएको १३ औं साधारणसभाले सञ्चालक समितिले ल्याएको यस्तो प्रस्ताव पारित गरेको हो । उक्त बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार पुग्ने भएको छ ।

बैंकको सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बुधबार आर्मी अफिसर्स क्लबमा भर्चुअल माध्यमबाट भएको साधारणसभा भएको हो । साधारणसभाले बैंकको सञ्चालक पदमा संस्थापक सेयरधनीको समूहबाट हरि प्रसाद, हरिचन्द्र खड्का र सन्तोष अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै, सर्वसाधारण सेयरधनीको समूहबाट नरेश राज आचार्य र धु्रव कोइरालालाई आगामी ४ वर्षका लागि सञ्चालक पदमा सर्वसम्मत निर्वाचत गरेको छ ।

१ सय ५ शाखा कार्यालय रहेको बैंकको १ एक्सटेन्सन काउन्टर र ६१ एटीएम रहेका छन् । बैंकले हालसम्म ३ लाख खाताबाट ४६ अर्ब निक्षेप संकलन गरेको र २३ हजार भन्दाबढी ऋणीलाई ३७ अर्ब ऋण प्रवाह गरेको छ ।

 

प्रतिक्रिया