आइएमई र युनिमोनी कतारबीच अनलाइन रेमिट्यान्स सेवा दिने सम्झौता

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको कम्पनी युनिमोनी कतार र नेपालको विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ । समझदारीपछि युनिमोनी कतारमार्फत रेमिट्यान्स पठाउने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम पाउन सक्ने कम्पनीले जनाएको छ ।

सम्झौताले सेवाग्राहीलाई युनिमोनी कतारबाट पठाएको रेमिट्यान्स नेपालस्थित आइएमई पेमा सोझै प्राप्त गर्न सकिने सुविधा हुने आइएमईले जनाएको छ ।

आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने युनिमोनी कतारका महाप्रवन्धक फ्ल्योद जोहनीले बताए ।

आइएमई पे ब्राण्डको प्रवर्द्धित संस्था आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु महत्वपूर्ण रहेको बताए ।

नेपाल भित्रिने रेमिट्यान्सको लागी कतार मुख्य स्रोत मुलुक हो । वार्षिक ८ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो बजार मानिन्छ ।

सेवा सुभारम्भका अवसरमा आइएमई डिजिटलले युनिमोनी कतार मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार रू. ६० सम्म क्यासब्याक पाउने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया