एफएनसीसीआईको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य आकाश अधिकारीकोे सभापतित्वमा गठित चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ । फोरमका सह–सभापतिमा नेपाल चलचित्र संघका मधुसुदन प्रधान र नेपाल संगित उद्योग संघका अध्यक्ष सूर्य बहादुर मगर चुनिएका छन् ।

फोरमका सदस्यमा नेपाल विज्ञापन संघका निवर्तमान अध्यक्ष रविन्द्र कुमार रिजाल शशी, नेपाल कलाकार संघका कोषाध्यक्ष सुनिल कटुवाल, चलचित्र निर्देशक मदन घिमिरे, नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझा, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल, प्रस्तोता समाजका निवर्तमान अध्यक्ष तुलसी पराजुली छन् ।

फोरममा आमन्त्रित सदस्यमा नेपाल बोटल वाटर इण्डष्ट्रिज एशोसिएसनका अध्यक्ष सुभाष भण्डारी, चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, गायिका इन्दिरा जोशी, नायिका नीता ढुंगाना, हास्यकलाकार केदार घिमिरे, चलचित्र नृत्यकार संघका निवर्तमान अध्यक्ष दिनेश प्राख्रिन, लोक गायिका प्रस्तोता मञ्जु पौडेल, रचना श्रेष्ठ छन् ।

त्यस्तै, चलचित्र निर्देशक प्रदीप श्रेष्ठ, लेखक एवं पत्रकार सामिप्त तिमल्सिना, कलाकार धर्मेन्द्र आचार्य, नायिका पवित्रा आचार्य, कलाकार, लेखक दिप्त प्रकाश अधिकारी, नेपाल उल फेल्ट प्रड्युसर एण्ड एक्सपोर्टका अध्यक्ष अमृत खड्का, चलचित्र सम्पादक शिव पुरी, व्यवसायी खुशल रेग्मी, गीतकार लोकराज अधिकारी, गायक मेघराज मगराती, कलाकार सुशान्तकुमार श्रेष्ठ, नेपाल चलचित्र निर्माता संघका सदस्य चेतन सापकोटा र फुटवेयर एसोसिएनबाट राजन श्रेष्ठ आमन्त्रित सदस्यमा चुनिएका छन् ।

फोरमका सल्लाहकारमा वरिष्ठ कलाकार एवं महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य निर विक्रम शाह, गीतकार एवं वरिष्ठ चिकित्सक डा. भोला रिजाल, प्राध्यापक एवं चलचित्र निर्देशक राजेन्द्र सलभ, महासंघको पूर्व कार्यकारिणी समिति सदस्य द्वय कमला श्रेष्ठ र प्रेमाराज्य लक्ष्मी सिंह छन् ।

विस्तारित फोरमका सभापति अधिकारीको अध्यक्षतामा बसेको बैठकले समग्र चलचित्र तथा गीत संगीत क्षेत्रको विकासका लागि सरकारले दिनुपर्ने सहयोग लगायतका विषयमा सुझाव संकलन गरी सरकारमा पेश गर्ने, विदेशस्थित नेपाली कुटनीतिक नियोगमार्फत सम्बन्धित देशमा नेपाली चलचित्र, गित संगीतको प्रवद्र्धन, रोयल्टी तथा कपीराइट संरक्षण लगायतका विषयमा काम गर्ने निर्णय गरेको छ ।

फोरम विस्तार कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले चलचित्र तथा गीत संगीत उद्योगले आयात गर्ने उपकरणमा राज्यले विशेष छुट दिनुपर्नेमा बताए ।

प्रतिक्रिया