सिटिजन्स बैंक कनेक्ट आइपीएसमार्फत कर्पोरेट पे प्रणालीमा आबद्ध

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच कर्पोरेट पे प्रणाली कार्यान्वयन गर्ने सम्झौता भएको छ । यस प्रणालीअन्तगर्त बैंकका संस्थागत ग्राहकले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने बैंकले जनाएकाे छ ।

बैंकले व्यावसायिक ग्राहकलाई प्रदानगर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत आफैँले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीका साथै व्यावसायिक भुक्तानी अनलाइबाटै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

कर्पोरेट पेमा आबद्ध हुन ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने जनाएको छ । साधारण आवेदनको स्विकृती लगायतका प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा लिन सकिने र तोकिएको सीमाभित्रका भुक्तानी डिजिटल प्रक्रियाबाट गर्न सकिने जनाएको छ ।

बैंकका अनुसार सीमाभन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँच तप्रक्रिया अगाडी बढाउने व्यवस्था गरेको छ । यस प्रणालीमा दर्ता हुन ‘मल्टी लेयर अथेन्टिकेसन’ व्यवस्था गरिएको छ ।

ग्राहक आफैंले निर्धारण गरेको आधिकारीक प्रयोगकर्ताले मात्र यस प्रणालीबाट कारोबार गर्न पाउने गरी व्यवस्था मिलाइएको पनि बैंकले जनाएको छ । साथै ग्राहकले आवश्यकता अनुसार यस प्रणालीमा एक भन्दा बढी बैंक खाता पनि लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया