दुहबी–खनार क्षेत्रमा एक महिनासम्म विद्युत् अवरुद्ध हुने

काठमाडौं । सुनसरीको दुहबी–खनार ३३ केभी डबल सर्किट प्रशारण लाइनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ ।

सो प्रसारण लाइनमा एसीएसआर डिओजी कन्डक्टर रहेकोले एचटीएलएस कन्डक्टरमा स्तरोन्नती गर्नु पर्ने भएकोले विद्युत् अवरोध हुने सो कार्यालय जानकारी गराएको हो ।

सो क्षेत्रमा आजदेखि फागुन १२ गतेसम्म प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् अवरुद्ध हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया