दक्षिणकालीमा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौंको दक्षिणकाली नगरपालिकामा ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएका छ । बा ३ ख ६१ ९९ नम्बरको ट्रक दक्षिणकाली-९ स्थित हुमानेमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराती भएको दुर्घटनामा परी चालक मकवानपुरको थाहा नगरपालिकाका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाडौं बस्ने गुमबहादुर बुढाको मृत्यु भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया