एनआईसी एशियाको डेबिट कार्ड आवेदन अनलाईनबाटै

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ ।

बैंकले सेवाग्राहीलाई जुनसुकै स्थान र समयमा मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्डका लागि अनलाईनबाटै आवेदन दिन सकिने सेवाको सुरु गरेको हो ।

बैंकले वेबसाइमा रहेको आई–सर्भिस डिजिटल सेवामार्फत नयाँ डेबिट कार्डका लागि आवेदन गर्न सकिने जनाएको छ । उक्त आई–सर्भिस भित्र सेवाग्राहीले बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपछि डेबिट कार्ड आवेदको प्रक्रिया अघि बढ्ने छ । इन्स्ट्यान्ट कार्ड वा नेम इम्बोस्ड कार्ड तथा आफूलाई पायक पर्ने शाखा छनोट गर्न मिल्ने विकल्प समेत राखिएको छ ।

प्रक्रियाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोडसहित जानकारी गराउने बैंकले जनाएको छ ।

आवेदन अनुसारको डेबिट कार्ड तयार भएपछि बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था गरेको छ ।

उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले आवेदन गरेको ग्राहक कार्ड प्राप्त गर्ने जनाएको छ ।

प्रतिक्रिया