सेयर बजारमा १७ अंकको करेक्सन

काठमाडौं । मंगलबार सेयर बजारमा १७ अंकको करेक्सन भएको छ । कारोबार साताको आइतबार र सोमबार लगातार बढेको बजारमा मंगलबार भने दोहोरो अंककै करेक्सन भएर परिसूचक २४२३ अंकमा ओर्लिएको छ ।

मंगलबारको कारोबारमा कारोबार रकम बढेपछि कारोबार भएको सेयर संख्या भने घटेको छ । मंगलबार ८ अर्ब २७ करोड ९७ लाख १ हजार ७७ रुपैयाँमा २ सय ७ कम्पनीका १ करोड ९६ लाख ६ हजार ५ सय ५५ शेयर किनबेच भएको छ ।
जबकी, सोमबार ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँमा २ सय ८ कम्पनीका १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता सेयर किनबेच भएको थियो ।

मंगलबारको बजारमा होटल र वित्तबाहेकका सबै समूहका समूहगत परिसूचक राताम्ये भए ।

मंगलबार पनि सबैभन्दा बढी मेनपाल लाइफ इन्स्योरेन्स कम्पनीको सयरको कारोबार रकम देखियो । यस कम्पनीको १ अर्ब ४५ करोड ७ लाख ६३ हजारको शेयर कारोबार भयो । त्यस्तै, नेपाल बैंकको ५२ करोड, शिखर इन्स्योरेन्सको २३ करोड, नेपाल पूनर्विमा कम्पनीको २० करोड, नेपाल टेलिकमको १६ करोडको शेयर कारोबार भयो ।

सबैभन्दा बढी कमाउनेमा गुराँस लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स, एभरेस्ट इन्स्योरेन्सलगायत रहे ।

प्रतिक्रिया