अमेरिकी राजदूत बेरीद्वारा राष्ट्रपति भण्डारीसँग भेट

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको छ । भेटमा राष्ट्रपति भण्डारीलाई अमेरिकी नयाँ नेतृत्वको सन्देश प्रवाह गरेकाे राजदुत बेरीले जानकारी दिएका छन् ।

शितल निवासमा भएको भेटमा अमेरिकाकी नयाँ प्रशासनले आफ्नो देशभित्र र अन्यत्रसमेत प्रजातन्त्रको सुदृढिकरण र महिला तथा बालबालिकाको अधिकारका लागि कसरी थप सशक्त साथ काम गर्नेछ भन्ने सन्देश दिएको उनले ट्वीट गरेर जानकारी दिएका छन् ।
राजदुत बेरीले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए भने सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए ।

नयाँ राष्ट्रपति जो वाइडेनले जलवायु परिवर्तन लगायत यसअघिका कतिपय अमेरिकी दृष्टिकोण र धारणा उल्टाइदिएका छन् ।
तस्विर-राजदुत बेरीकाे ट्वीटर 

प्रतिक्रिया