आइएमई पेमार्फत महशुल भुक्तानी गर्ने इन्द्रपुर खानेपानीको सम्झौता

काठमाडौँ । आइएमई डिजिटल सोलुसन लिमिटेड र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीवीच खानेपानीको महशुल आइएमई पे मार्फत गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्ने छन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका सञ्चालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट ६ हजार घरधुरी उपभोक्ता लाभान्वित हुने आइएमई डिजिटलले जनाएको छ । आएमई डिजिटललाई आइएमई ग्रुपले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया