प्रतिगामी शासक र तानाशाह यसैगरि बर्बराउँछन् : पौडेल

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले सोमबार नागरिक आन्दोलनमाथि गरेको बल प्रयोगको विरोध गरेका छन् ।

सरकारी कदमको विरोध गर्दै पौडेलले प्रतिगामी शासक र तानाशाह यसैगरी बर्बराउने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली आफ्ना विरोधीलाई अपमानित गर्न तम्सिएको पौडेलको भनाइ छ ।

पौडेलले मंगलबार फेसबुक र ट्वीटरमा लेखेका छन् ‘हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा यसैगरी बर्बराउने गर्दछन्, जसरी अहिले प्रधानमन्त्री ओली आफ्नो विरोधीलाई अपमानित गर्न तम्सनुभएको छ, ।’ दमनले नागरिकलाई थप ऊर्जा दिने पनि पौडेलको भनाइ छ ।

‘सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो,’ उनले भनेका छन्, ‘तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ र अझै प्रतिमनसँग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।’

प्रतिक्रिया