१० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारका तर्फबाट आन्तरिक ऋण उठाउन मंगलबार १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८४ ङ’ बोलकबोल खुला गरेको छ । ऋणको व्याजदर बोलकबोल मार्फत निर्माधरण उक्त ऋणपत्र खरिद गर्न चाहनेले दिउँसो २ बजेसम्म बोलकबोलमा मार्फत ऋणको ब्याज उल्लेख गरी आवेदन दिनुपर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंक, वित्तीय संस्था, वित्तीय क्षेत्रबाहेकका संस्था र नेपाली नागरिकलेले बोलकबोल पेश गर्दै ऋण पत्र खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

ऋण पत्र खरिद गर्ने चाहनेले कम्तिमा ५० हजार देखि ५० हजारले निशेष भाग जाने १० अर्बभन्दा कम आवेदन गर्न सक्ने व्यवस्था गरेको छ । यो ७ वर्षे ऋण पत्रको व्याज ६/६ महिनामा भुक्तानी गर्ने र साँवा भने २०८४ को माघ १४ गतेत्रि गरिसक्ने जानकारी दिएको छ ।

बैंकले बिक्री गर्ने ऋण पत्र धितो राखेर कर्जा लिन वा दिन पनि पाइने व्यवस्था गरेको छ ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977052710″ /]

 

प्रतिक्रिया