बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

चितवन । जिल्लाको रत्ननगरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर १ बकुलहरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

नारायणगढतर्फ जाँदै गरेको बा २ ख ५६७४ नम्बरको बसले विपरित दिशातर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई हरिहर मन्दिर अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए ।

प्रतिक्रिया