कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौंं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टीको १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पुस ७ गतेबाट सुरु केन्द्रीय कार्यसमिति बैठकले विघटन लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल भएको निर्णय गरिसकेको छ ।

कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन् ।

प्रतिक्रिया