यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ १३ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–त्रयोदशी,४३ घडी ३३ पला,रातको १२ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–आद्र्रा,४९ घडी ४५ पला,रातको ०२ बजेर २९ मिनेट उप्रान्त पुनर्वशु । योग–वैधृति,३७ घडी २८ पला,बेलुकी ०९ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण– कौलव,बिहान ११ बजेर ५४ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर २० मिनेट उप्रान्त गर । आनन्दादिमा–चर योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २६ घडी ४७ पला । अन्तर्राष्ट्रिय भन्सार दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५५ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५६ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १७ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १८ मिनेटदेखी दिउसो १ बजेर ३७ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ३८ मिनेटदेखी दिउसो २ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
दिउसो २ बजेर ५९ मिनेटदेखी बेलुकी ४ बजेर १८ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर १९ मिनेटदेखी बेलुकी ७ बजेर १८ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०२ बजेर ५७ मिनेटदेखी बेलुकी ४ बजेर १७ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हरेक काममा प्रतिस्पर्धीहरु हावी हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । मोजमस्तिमा मन जाने हुनाले अध्ययन तथा अध्यापनमा पछी परिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका आजको दिन उत्तम नहुन सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । दाजुभाई तथा छिमेकिसँग सन्तुलित व्यावहार गर्नुहोला मनमुटाव बढ्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । व्यापार व्यावसायमा थोरै समय लगानी मनग्गे आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । कुटुम्ब तथा आफन्तहरु बीचको सम्बन्ध सौहार्दपूर्ण रहनेछ भने तपाईँबाट राम्रा काम हुने हुनाले सम्मान प्राप्त हुनेछ । संगित एवमं साहित्यमा रुची जाग्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानी बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुःख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययन तथा अध्यापनमा रुची बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) गलत चिन्तन तथा सोचाईलो कार्य क्षेत्रमा समस्या पैदा हुनेछ । अरुकै लागी रुपैया पैसा खर्चनु पर्नेछ । व्यापारमा मन्दी आई दैनिकी कष्टकर नहोला भन्न सकिन्न । तरपनि औषधीजन्य तथा दैनिक उपभोग्य बस्तुको खरिद बिक्रिबाट लाभ लिन सकिनेछ । कृषि क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ भने पारिवारिक सम्बन्धमा केही खटपट आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिशिष्ट तथा उच्च पदस्थ व्याक्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिर तिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । पे्रम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार,प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । मध्यान्हबाट समय राम्रो रहेकोले ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले अनावश्यक काममा अलमल हुनेछ । खानपान, मानोरञ्जन तथा बिलाशी वस्तुको सोखले खर्च बढ्ने योग रहेकोछ । आफन्तलाई दिईएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ । सम्बन्ध अनुकूल बनाइराख्न हम्मे हम्मे पर्नेछ । तरपनि समस्या दर्साउदा आफन्त तथा शुभचिन्तकले साथ दिनेछन । आज गरिने मिहिनेत पछीका लागी लाभ दाएक हुनेछ । खानपानमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछी परिनेछ । तयारी बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा समय व्यातित हुनेछ । कर्मसिद्धिको समय छ । सन्तान पक्षबाट सहयोग हुनेछ भने बंश बृद्धिको योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाती रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । व्यापार व्यावसायमा प्रशस्त समय दिनुपर्नेछ । तरपनि कृषि,पशुपालन तथा सहकारी क्षेत्रमा समय लगानि गरि मनग्गे आम्दानी हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया