सामसुङ डिजिटल प्लाजा अब गाईघाटमा

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२ औं सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसङ्ग उत्पादनका लागि ग्राहककाे माग बढेकाेले इलेक्ट्रोनिक्सलाई हालकाे सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गरेकाे जनाएकाे छ । हिम इलेक्ट्रोनिक्सले पूर्ण सुविधायुक्त नयाँ शोरूम ‘कालिका सप्लायर्स् एण्ड ट्रेडर्स’ सञ्चालनमा ल्याएकाे हाे ।

शोरूमको उद्घाटन ११ माघ २०७७ मा आयोजित एक कार्यक्रमको बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए ।

नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, ‘हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।’

सामसङ्ग डिजिटल प्लाजामा सामसङ्गका एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइल फोन लगायत उत्पादन उपलब्ध छन् । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकाई विशेष ओपनिंग अफरहरु दिएको थियो ।

प्रतिक्रिया