सिटिजन्स बैंकका ग्राहकले वन डे थ्रिडी आर्ट रेष्टुरेन्टमा छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक र वन डे थ्रिडी आर्ट रेष्टुरेन्ट कुमारीपाटी बीच सिटिजन्स बैंकका कार्ड वाहक तथा मोबाइल बैंकिङ्ग ग्राहलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापछि सिटिजन्स बैंकका डेबिट/क्रडिट/प्रिभिलेज कार्डवाहक, मोबाइल बैंकिङ्ग ग्राहकले तथा कर्मचारीले वनडे थ्रिडी आर्ट रेष्टुरेन्टका विभिन्न सेवामा विशेष छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया