४०१ जना निको हुँदा ३३९ संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लाे २४ घण्टामा ४०१ काेराेना भाइरस (काेभिड १९) संक्रमित डिस्चार्ज हुँदा ३३९ जनामा संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (सोमबार) थप १० जना संक्रमितकाे मृत्यु भएकाे छ ।

काठमाडाैं उपत्यकामा मात्रै आज १५४ जना थपिएका छन्, जसमध्ये काठमाडाैंका १३३, ललितपुरका १३ र भक्तपुरमा ८ रहेका छन् । आज क्वारेन्टिनमा १३२ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार २४० रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

आजकाे अपडेटसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६४ हजार ५३८ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार ११ पुगेकाे छ ।

प्रतिक्रिया