महासंघकाे कर तथा राजस्व समिति विस्तार, गुनासो सुन्न इकाई स्थापना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिएका छन् ।

त्यसैगरी समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहाल चुनिएका छन् ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारी अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चुनिएका छन् ।

त्यस्तै एसआर पाण्डे एण्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भंसार एजेन्ट महासंघका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षेत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचना समितिका विशेष आमन्त्रित सदस्य छन् ।

समितिका सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य शैलेन्द्र गुरागाईं, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दिपक घिमिरे, अधिबक्ता रमशकुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य सुनिल गोपाल श्रेष्ठ छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन हुनु भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्दै उद्यमी व्यवसायीका समस्या तथा कठिनाई पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए । अध्यक्ष गोल्छाले महासंघ सचिवालयमा कर राजस्व सम्बन्धी समस्या एवं गुनासो सम्वोधन गर्न एक इकाई स्थापना गर्ने योजना रहेको पनि जानकारी गराए ।

 

प्रतिक्रिया