बालुवाटारमा प्रदर्शन, कृष्ण पहाडीसहितका अभियान्ता पक्राउ

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रदर्शन गरिरहेका मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित साे संस्थाका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

आज (सोमबार) साे संस्थामा आबद्ध मानव अधिकारवादीहरूले बालुवाटारमा प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम (प्रतिनिधि सभा विघटन) विरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूकाे शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि उनीहरूलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरूमा संस्थापक पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर लगायत छन् ।

प्रतिक्रिया