आयुर्वेदिक यी तत्वले बढाउँछन् राेग प्रतिराेधात्मक क्षमता

एजेन्सी । संक्रामक रोगबाट टाढा रहनका लागि सबैभन्दा पहिले आफ्नो प्रतिरक्षा प्रणाली कायम राख्नु महत्वपूर्ण हुन्छ ।

घरेलु तथा प्राकृतिक खानाबाट पनि प्रतिरक्षा प्रणालीकाे विकास गर्न सकिन्छ । यसका कुनै साइड इफेक्ट पनि हुँदैनन् ।

खानामा जडिबुटी

हाम्रो भान्सामा त्यस्ता धेरै चीजहरू छन्, जसले प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ । ती कुराहरूकाे सेवनबाट तपाईं धेरै संक्रामक राेगहरूबाट बच्न सक्नुहुन्छ । खाना बनाउँदा अदुवा, लसुन र बेसार प्रशस्त मात्रामा प्रयोग गर्नु स्वास्थ्यकाे लागि हितकर हुन्छ । यी जडिबुटीहरूले तपाईँको शरीरलाई भित्रैबाट मजबुत बनाउँछ र राेगसँग लड्ने शक्ति प्रदान गर्छ ।

कोभिड १९ देखि बर्ड फ्लूसम्मका सबै प्रकारका राेगकाे संक्रमणबाट तपाईँलाई टाढा राख्छ । साथै यसले शरीरकाे फाेहाेरलाई पनि बाहिर निकाल्न मद्दत पुर्याउँछ । शरीर सफा र स्वस्थ राख्नका लागि तुलसी, पुदिना पानीमा घाेलेर पनि पिउन सकिन्छ ।

यस्तै वाफ लिएर पनि शरीर स्वस्थ राख्न सकिन्छ । मनताताे पानीमा बेसार र नुनको मिश्रण गरी एउटा भाँडाेमा राख्ने र त्यसलाई ताैलियाले छाेपेर बाफ लिन सक्नुहुन्छ । यसले पनि तपाईंको प्रतिरोध क्षमता बढाउँछ ।

बेसारयुक्त दुध

दिनमा दुई पटक दूध पिउनु स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ, त्यसैले यसमा लापरवाही नगर्नुहोस् । दूधसँग एक चिम्टी बेसार पनि मिसाउनुहाेस् । बिहान र राति सुत्नुअघि बेसारयुक्त दुध पिउनुहाेस् । यसले तपाईंला चिसोबाट बचाउनुका साथै धेरै संक्रामक राेगबाट टाढा राख्छ ।

प्रतिक्रिया