प्रचण्ड-नेपाल समूहले गर्‍यो थप आन्दोलन घोषणा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड नेपाल समूहले माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रमअनुसार यहि १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय लिएसँगै नेकपा विभाजित बनेको छ । ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले एकअर्काेको चर्काे आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया