उद्योग वाणिज्य संघ खैरहनीकाे अध्यक्षमा श्रेष्ठ र ओलीको भिडन्त

चितवन । चितवनस्थित उद्योग वाणिज्य संघ खैरहनीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रक्रिया अन्र्तगत आइतबार मनोनयन दर्ता गरिएको छ । बिहानसम्म सहमतीको प्रयास गरेपनि असफल भएपछि नयाँ नेतृत्व निर्वाचनबाटै हुने पक्का भएको उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले बताए ।

आगामी कार्यकालका लागि नेकपा र नेपाली कांग्रेस निकट उद्योगी व्यवसायीहरुले प्यानल वनाएर मनोनयन दर्ता गराएका छन् । नेकपा निकट व्यवसायीको तर्फबाट अध्यक्षमा शेषकुमारी ओली र नेपाली काग्रेश निकट व्यवसायीको तर्फबाट दिपेन श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचनले अध्यक्ष र एसोसिएट उपाध्यक्ष प्रत्यक्ष रुपमा चयन गर्ने व्यवस्था रहेपनि बाँकी पदाधिकारीका लागि निर्वाचित सदस्यबाट मनोनयन गर्ने संघको प्रावधान छ । एसोसिएट उपाध्यक्षमा भने नेपाली कांग्रेस निकट व्यवसायी शिवप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नेकपा निकट व्यवसायी बुद्धिराज डल्लाकोटीले उम्मेदवारी फिर्ता लिएपछि उप्रेती एसोसिएट उपाध्यक्षमा निर्विरोध भएका हुन् ।

नेकपा निकट व्यवसायीको प्यालनबाट वाणिज्य सदस्यमा अर्जुन लम्साल, विनोद नेपाल, लक्ष्मण निरौला, प्रेमनारायण जोशी, प्रेमबहादुर विक, अजय कुमार रावल, दुर्गा घिमिरे र तिलकमणी पाठकले उम्मेदवारी दर्ता गराएका छन् । सोही प्यानलबाट उद्योग सदस्यमा रामेश्वर पोखरेल, चिरञ्जिवी अर्याल, नविनकुमार श्रेष्ठ, अम्मरराज उप्रेती, लालमणि कुँवर, रामशरण कार्की र रामकृष्ण चौधरीको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेस निकट व्यवसायीको प्यानलबाट उद्योग बाणिज्य सदस्यमा कुमार खनाल, केदारनाथ वर्तौला, विनोद अर्याल, अनिल श्रेष्ठ, विक्रम खड्का, प्रशान्त अधिकारी, रामेश्वर प्रसाद चौधरी, रामचन्द्र विश्वकर्मा र क्षेत्रबहादुर रावलको उम्मेदवारी परेको छ । सोही प्यानलबाट उद्योग सदस्यमा किरण वुर्लाकोटी, अनुप अधिकारी, शंकर कडेंल, कृष्णबहादुर श्रेष्ठ, जगत बहादुर पाण्डे र विक्रम चौधरीले उम्मेदवारी दिएका छन् ।

संघको वार्षिक साधारण सभा तथा अधिवेशन यही माघ १८ र १९ गते हुँदैछ । निर्वाचनमा १ हजार ३४० जना उद्योगी तथा व्यवसायीहरुले मताधिकार प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया