इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेसको एकीकृत कारोबार सुरु

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकीकृत कारोबार आइतबारबाट सुरु भएको छ । सिटी एक्सप्रेसको सम्पूर्ण ऋण, धन र दायित्व व्यहोर्ने गरी इन्भेटमेन्ट बैंकले प्राप्ती गरेपछि आइतबारबाट एकीकृत कारोबार सुरु गरेको हो ।

एकीकृत कारोबार सुरु भएपछि इन्भेष्टमेन्टका काठमाडौंको घण्टाघर, विर्तामोड र गाईघाटमा बैंकका थप ३ ओटा शाखामार्फत एकीकृत कारोबार सुरु गरेको बैंकले जनाएको छ । एकीकृत कारोबारपछि सेवाग्राहीलाई अझ स्तरीय सेवा दिइने बैंकको प्रतिवद्धता छ ।

सिटी एक्सप्रेस गाभिएपछि बैंकको शाखा ८६ पुगेको छ । त्यस्तै, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टर रहेका छन् ।

 

 

प्रतिक्रिया