२७० जनामा संक्रमण पुष्टि, मृतक संख्या २ हजार नाघ्याे

काठमाडौं । पछिल्लाे २४ घण्टामा देशभर २७० जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

यस्तै आज (आइतबार) ४०३ काेराेना संक्रमित डिस्चार्ज हुँदा थप ७ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार आज क्वारेन्टिनमा १४५ जना छन् भने सक्रिय संक्रमित संख्या ३ हजार ३१२ रहेकाे छ ।

पछिल्लाे अपडेटसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या २ लाख ६९ हजार ४५० पुगेकाे छ । संक्रमितमध्ये २ लाख ६४ हजार १३७ जना निकाे भइसकेका छन् भने मृतक संख्या २ हजार १ पुगेकाे छ ।

प्रतिक्रिया