नेप्सेले सोध्यो एनसीसी बैंकलाई स्पष्टीकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से)ले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकलाई स्पष्टीकरण सोधेको छ । नेप्सले उक्त बैंकको शेयर मूल्य आइतबारको बजारमा अस्वभाविक रुपमा बढेको र खरिदकर्ताको चाप समेत अस्वभाविक देखिएको भन्दै स्पष्टीकरण सोधेको हो ।

माघ ८ गतेसम्म स्वाभाविक उतारचढाबका साथ कारोबार हुँदै आएको बैंकको शेयरमा आइतबार अर्थात् ११ माघमा अस्वभाविक रुपमा मूल्य र चाप बढेको थियो ।

शेयर मूल्यलाई असर पर्ने गरी बैंकले कुनै निर्णय सार्वजनिक गरेको भए सोको जानकारी ३ दिनभित्र दिन नेप्सेले बैंकलाई पत्र पठाएको हो ।

उक्त बैंकको शेयर ८ माघमा प्रतिकित्ता ३३१ रुपैयाँमा कारोबार भएको आइतबार ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँसम्ममा कारोबार भएको छ । यो वृद्धि झण्डै १० प्रतिशतले भएको हो ।

प्रतिक्रिया