प्रधानमन्त्रीको टिप्पणीप्रति बारका पूर्वअध्यक्षहरु आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून ब्यवसायीलाई ‘अनादर’ गरेकोप्रति नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले ९५ बर्षिय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपमान गर्ने गरि बोलेको भन्दै एसोसिएसनका पूर्व अध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीको टिप्पणी कानून ब्यवसायीमाथि सत्तापक्षको प्रहार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । बरिष्ठ अधिवक्ता भण्डारीलाई लक्षित गरि प्रधानमन्त्री ओलीले ‘तमासा देखाउन अदालतमा एकजना बाजेलाई पनि लिएर गएछन्’ भन्ने टिप्पणी गरेका थिए ।

बरिष्ठ अधिवक्ता भण्डारी ६३ बर्षदेखि न्यायको पक्षमा पैरवी गरिरहेका एकजना सम्मानित कानून ब्यवसायी हुन् । उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र गैर संवैधानिक रहेको जिकिर गर्दै सर्वोच्चमा बहस गरेका थिए ।

 

प्रतिक्रिया