बेहुला बन्दा यस्ता देखिए मुख्यमन्त्री राई [तस्वीरहरु]
२०७७ माघ ११ गते
![बेहुला बन्दा यस्ता देखिए मुख्यमन्त्री राई [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/022-2.jpg)
|बेहुला–बेहुली शेरधन राई र जाङ्मु शेर्पा। तस्वीरः मुख्यमन्त्री सचिवालय|
- सुमन सुस्केरा
काठमाडौँ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शेर्पा भेषमा विवाह गरेका छन् । राजधानी काठमाडौँमा ५० वर्षको उमेरमा राई बेहुला भएका हुन् ।
मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरु केही समययता प्रेम-सम्बन्धमा थिए । प्रदेश नं. १ को नाम जुराएर मात्र विवाह बन्धनमा बाँधिने बताउँदै आएका राईले आइतबार काठमाडौँको गैह्रीधारास्थित एक पार्टी प्यालेसमा बैवाहिक बन्धनमा बाँधिएका हुन् ।
विवाहमा बेहुला र बेहुली पक्ष गरी करिब ४० जनाको सहभागिता रहेको छ । विवाहमा राष्ट्रपति र प्रधानमन्त्रीसमेत सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री निकट सचिवालयले जनाएको छ ।
|तस्वीर स्रोतः मुख्यमन्त्री सचिवालय|
२०७७ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








