काेराेना संक्रमणबाट विदेशमा थप ९ नेपालीकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या ३२७ पुगेको छ ।

गैरआवासीय नेपाली संघका अनुसार युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ गरि याे साता थप ९ जनाकाे मृत्यु भएसँगै विदेशमा ज्यान गुमाउने नेपालीकाे संख्या ३२७ पुगेको हाे । २० देशमा काेभिड १९ बाट ज्यान गुमाउने नेपालीकाे संख्या त्यति पुगेकाे हाे ।

यस्तै यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्यान्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएसँगै शनिबार साँझसम्म कुल संक्रमित संख्या विभिन्न ५० देशमा रहेका ५६ हजार २६ रहेकाे छ । संक्रमितमध्ये ५३ हजार ४३२ जना निकाे भइसकेकाे गैरआवासीय नेपाली संघले जनाएकाे छ ।

प्रतिक्रिया