विदेशमा रहेका नेपालीलाई ५० करोड लगानी अवसर

काठमाडौं । बैदेशिक रोजगारीमा रहेको रहेका युवा र गैरआवसीय नेपालीका लागि नेपालमा लगानीको अवसर खुलेको छ । सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले कुल ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र–२०८२ ‘ख’ खुला गरेपछि यस्तो अवसर खुलेको हो । केन्द्रीय बैंकले ९ माघबाट उक्त बचतपत्र बिक्री सुरु गरेको छ । उक्त बचतपत्रको विक्री २ फागुनसम्म जारी रहने बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो बचत पत्र भनिए पनि यो सरकारी ऋण पत्र नै हो । रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली र गैरआवसीय नेपालीले समेत लगानी गर्न सक्ने गरी यस्तो बचतपत्रको विक्री खुला गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका युवाले देशमा पठाएको रेमिट्यान्स उपभोग्य तथा विलासितामा खर्च भइरहेको र सरकारको विकास निर्माणका लागि बजेटको अभाव भइरहेको समस्यालाई समाधान गर्न सरकारले यस्तो ऋणपत्र (डिबेन्चर) जारी गरेको हो ।

वैदेशिक रोजगारीमा संलग्न भएको वा विदेशको रोजगारीबाट फर्केको ६ महिना नपुगेको नेपाली र गैरआवासीय नेपालीले आफ्नो वा परिवारका कोही सदस्यको नाममा यो ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्र कम्तीमा १० हजार रुपैयाँको खरिद गर्नुपर्ने छ ।

सिटिजन्स बैंक, नविल, माछापुच्छ्रे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सेञ्चुरी बैंकहरु र प्रभु मनि ट्रान्सफर, सेवा रेमिट, सिटी एक्सप्रेसबाट समेत यो ऋणपत्र खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यो सरकारले नै व्यक्तिसँग ऋण लिने भएकोले यो भरपर्दो र सुरक्षित लगानी मानिन्छ । वार्षिक १० प्रतिशत व्याज दिने भएकोले यसको व्याजलाई हाल चलनतल्तिको भन्दा आकर्षक समेत मानिएको छ । ऋणको व्याज भुक्तानी प्रत्येक ६ महिनामा गर्ने समेत उक्त बैंकले जनाएको छ । यो ५ वर्षे अवधिको ऋणपत्र भएकोले ऋणपत्र खरिद गरी अहिले व्यक्तिले सरकारलाई दिएको ऋणको सम्पूर्ण साँवा–ब्याज भने २०८२ मा मात्रै फिर्ता हुने छ ।

यस्ताे छ सूचना 

प्रतिक्रिया