लद्दाख विवादः भारत-चीन उच्चस्तरीय सैन्य वार्ता हुँदै

काठमाडौँ । भारत र चीनका सैनिक कमान्डरबीच वार्ता हुने भएको छ । उच्चस्तरीय सैन्य वार्ताको झन्डै अढाई महिनापछि आज फेरि सैनिक कमान्डरबीच वार्ता हुने भएको हो । यसअघि नोभेम्बर ६ मा वार्ता भएको थियो ।

पूर्वी लद्दाखमा ९ महिनादेखि जारी तनाव समाधानतर्फ अहिलेसम्म कुनै निस्कर्ष निस्किएको छैन । आजको वार्ता लद्दाखमा जारी तनाव समाधानमा केन्द्रित हुने बीबीसी हिन्दीले उल्लेख गरेको छ । लद्दाखस्थित एलएसीमा दुवै देशका सैनिकबीच मे महिनादेखि पटकपटक झडप भएको थियो । यसले भारत-चीनबीचको सम्बन्ध खलबलिन नदिन भन्दै दुवै देशका सैन्य कमाण्डर तहमा वार्ता भएको थियो ।

आजको वार्ता यसैको निरन्तरता स्वरूप हुने जनाइएको छ । भारतको तर्फबाट एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच वार्ता हुनेछ । –एजेन्सी

प्रतिक्रिया