खैरहनी १३ का वडाअध्यक्ष उप्रेतीको निधन

चितवन । जिल्लाको खैरहनी नगरपालिका १३ का वडा अध्यक्ष बालकुमार उप्रेतीको निधन भएको छ । प्रेसर लो (रक्तचाप कम) भएर अस्पतालमा उपचाररत उप्रेतीको शुक्रबार साँझ पौने ८ बजेतिर निधन भएको हो ।

प्रेसर लो भएर चितवन मेडिकल कलेजमा उपचारका क्रममा स्वास्थ्यमा सुधार भएपनि साँझ खाना खाने क्रममा अचानक सर्किएर निधन भएको खैरहनी १२ का वडाअध्यक्ष टिकाराम तिमल्सिनाले जानकारी दिए । प्रेसर लो भएर उनी बेहोस भएपछि अस्पताल लगिएको थियो । उप्रेती मुटुको समस्याबाट पनि पीडित थिए ।

स्थानीय तहको निर्वाचनमा ५६ वर्षीय उप्रेती नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उप्रेतीका श्रीमती र तीन छोरा छन् । उप्रेतीको आज अन्तिम संस्कार गरिने जनाइएको छ ।

उप्रेतीको निधनप्रति नगर प्रमुख लालमणी चौधरीले दुख व्यक्त गर्दै आजका लागि तय भएको आठौं नगरसभा अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रतिक्रिया