कृषि विकास बैंकमा ४४६ जनालाई जागिर खुल्यो

काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा गरी ४४६ जना कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको छ ।

बैंकले आर्थिक वर्ष २०६७/७८ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएको विभिन्न पदका रिक्त स्थायी दरबन्दीमा पदपूर्ति गर्नका लािग लोकसेवा आयोगको स्वीकृति लिएर विज्ञापन निकालेको जनाएको छ ।

विज्ञापन गरिएका मध्ये प्रशान र प्राविधिक पदका कर्मचारीको माग गरिएको छ । कानुन, इन्जिनियरिङ, आइटि लगायत पदका कर्मचारी माग गरिएको छ । विज्ञापन गरिएका मध्ये २१६ जना अधिकृत स्तरका पदका लागि र २१४ जना सहायक स्तर पदका लागि रहेका छन् ।

समावेशी तर्फ महिला, मधेसी, दलित, आदिवासी जनजाति, पिछडिएको क्षेत्रका लागि कोटा आरक्षण गरिएको छ । आवेदन दिनका लागि ३० दिनको समय दिइएको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया