ग्लोबल आइएमई बैंकद्वारा नगदरहित कारोबार प्रवर्द्धन सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रका खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।

नगदरहित कारोबार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो ।

बैंकले ग्राहकलाई नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम गर्ने र विद्युतीय कारोबारलाई प्रवद्र्धन गर्न थप कार्यक्रम आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।

प्रतिक्रिया