काठमाडौं । काठमाडाैं र कास्कीमा दुई जना मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित वागमती नदी किनारको खुला चौरमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै कास्कीकाे पोखरा महानगरपालिका-१८ सेदीस्थित होटल चारगोलको १०२ नम्बर कोठामा सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने ४३ वर्षीय ईश्वर गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।