काठको दाउराले प्रहार गरी आफ्नै आमाको हत्या

तनहुँ । आफ्नै आमाकाे हत्या अभियाेगमा एक जना पक्राउ परेका छन् ।

७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको अभियोगमा ब्यास नगरपालिका-११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ ।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेकाे छ ।

प्रतिक्रिया