भूमिहीन सुकुम्बासीलाई जग्गा दिन आयोगद्वारा आवेदन माग

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउ आवेदन माग गरेको छ । साथै अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नसमेत आवेदन माग गरेको छ ।

यसका लागि आयोगले तोकेको ढाँचाअनुसार आफूले आवाद, बसोबास वा कमोत गरेको जग्गा पाऊँ भनी ३५ दिनभित्र आयागबाट खटिने लगक संकलक वा वडा कार्यालयमार्फत विवरण पेश गर्न आग्रह सूचना जारी गरेको छ । त्यस्तो आवेदन दिँदा आफूले आफूले पाउन दाबी गरिएको जग्गा आफैंले भोग चलन गरिआएको प्रमाण खुल्ने विवरण समेत पेश गर्न आयोगको आग्रह गरेको छ ।

नेपालका भूमिहिन दलित, सूकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तथा व्यवस्थापन गर्न सरकारले गठन आदेश २०७६ अनुसार आयोग गठन गरेको हो ।

आयोगले सातै प्रदेशका समस्या देखिएका तोकिएका स्थानीय तहमा यसका लागि लगत संकलन गर्न संकलकहरु समेत खटाउने भएको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया