चन्द्रागिरी हिल्सको सेयर बाँडफाँट

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपिओ शुक्रबार बाँडफाँट भएको छ । सेयर बिक्री तथा निष्काशन प्रवन्धक कम्पनी ग्लाेबल आइएमई क्यापिटल लिमिटेडकाे कार्यालयमा शुक्रबार बिहान गाेलाप्रथा गरी शेयर बाँडफाँट गरिएकाे हाे । कम्पनीको आइपिओ खरिदका लागि आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६ सय २ जनाले १०/१० कित्ता शेयर पाएको क्यापिटलले जनाएकाे छ । बाँडफाँट गरी बाँकी रहेकाे २ कित्त शेयर भाग्यमानी दुइ  आवेदकलाइ थप १/१ कित्ता दिइएकाे छ ।

कम्पनीको आईपिओ खरिदका लागि आवेदन दिएका १० लाख ७१ हजार ५ सय १३ जना आवेदकको हात भने खाली भएको छ ।

कम्पनीको शेयरका लागि आवेदन दिएका मध्ये १२ लाख १६ हजार ९ सय ५३ जनाको आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा बढी आवेदनको आवेदन प्रक्रिया नपुगेका कारण रद्ध भएको थियो ।

कम्पनीले निश्काशन गरेको कुल १५ लाख ३५ हजार ९१ कित्ता सेयर मध्ये ६१ हजार ३ सय ६४ किक्ता आफ्ना कम्पनीका कर्मचारीलाई छुट्टयाएको छ । त्यस्तै, ७६ हजार ७ सय ५ कित्ता सामूहिक लागनी कोषका लागि छुट्टयाएको छ । त्यस्तै, ३ लाख ६ हजार ८ सय १९ कित्ता उक्त कम्पनीको केबलकार आयोजना प्रविभात क्षेत्रका स्थानीयवासीका लागि छुट्टयाएको छ ।

प्रतिक्रिया