थप सुविधासहित आइएमई पेको नयाँ एप

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपलाई नयाँ सुविधासहित अद्यावधिक गरिएको कम्पनीले जनाएको छ । यो कम्पनीका अनुसार सुविधासँगै प्रयोगकर्ताले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्ने छन् ।

कम्पनीमा आवद्व कर्मचारी र विषय विज्ञले वालेटको डिजाइनलाई कसरी आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि खोज गरी आइएमई पे एप अद्यावधिक गरिएको जनाएको छ ।

बिहीबारबाट प्रयोगमा आएको अद्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले अद्यावधिक गरिएको नयाँ संस्करणको एपमा नयाँ र सुधारिएको डिजाइन रहेको जाएको छ ।

त्यस्तै, बैंकिङ पहुँचभन्दा टाढा रहेकाहरुले वालेटमा जम्मा गर्ने पैसाको ब्याज दिने अवधारणा, अर्थात् पैसा बढ्ने सुपर वालेट विशेषता थप गरिएको छ । यसअनुसार आइएमई पे वालेटमा कम्तिमा १ हजार नेपाली रुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

त्यस्तै, आम उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न गर्ने, बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू हुने कारोबार गर्दा प्रति कारोबार मात्र रू.१ बाट सेवाशूल्क शुरू हुने, एक कारोबारको सेवाशूल्क नलाग्ने, आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निशूल्क हुने जस्ता सुविधा समेत नयाँ एपमा ल्याएको छ ।

टपअप सेवामा ५ प्रतिशत क्यास ब्याक जस्ता सुविधा दिएको छ । साविकका सेवाग्राहीले गुगल प्ले स्टोर अथवा एप्पल स्टोरमा यो सेवा पाउन सक्ने जनाइएको छ । नयाँ प्रयोगकर्ताले http://onelink.to/imepay बाट डाउनलोड गर्न सकिने कम्पीले जनाएको छ ।

प्रतिक्रिया