मोबाइलबाट कर तिर्न ६ निकायबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकमार्फत कर भुक्तानी मोबाइल बैंकिङबाटै गर्ने गरी ६ निकायबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियरिङ्ग हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पे बीच सम्झौता भएको हो ।

यो सम्झौतापछि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने अन्य कुनै पनि कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने बैंकले जाएको छ ।

सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ्ग हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल राट्रिय, आइएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध संचालक कुसुम लामा र नेपाल पेका प्रमुख संचालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया