प्रधानमन्त्रीद्वारा भारतलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी र भारत सरकारलाई धन्यवाद दिएका छन् । ओलीले भारत सरकारले अनुदान सहयोगस्वरुप १० लाख डोज कोभिसिल्ड खोप नेपाललाई हस्तान्तरण गरेकोमा धन्यवाद दिएका हुन् ।

बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिसिल्ड ग्रहण गरेपछि ओलीले ट्वीट्मार्फत् भनेका छन्, ‘यो गम्भीर समयमा नेपाललाई कोभिड खोपको एक दसौं खुराकको उदार अनुदानको लागि म प्रधानमन्त्री मोदीजी, भारत सरकार र साथसाथै भारतका जनतालाई धन्यवाद दिन चाहन्छु । जबकि, भारतले आफ्नै नागरिकहरुको लागि खोप लिइरहेको छ ।’यसअघि बिहान विमानस्थलमा आयोजित एक समारोहका बीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई १० लाख डोज कोभिसिल्ड खोप हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया