सिटिजन्स बैंककाे भिसा कन्ट्याक्टलेस कार्ड सेवा

काठमाडाैँ । सिटिजन्स बैंकले भिसा कन्टयाक्टलेस कार्ड सुरु गरेको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात् ट्याप सुविधा भएको पिओएस मेसिनमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यस प्रविधीमा मेसिन भित्र कार्ड नछिराई एउटा सिमित दूरीबाट पिओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल, सहज रहेको र कोभिडको जोखिममा कसैसँग नछोइकन कारोबार गर्न सकिने सुविधायुक्त भएको बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नियमानुसार हाल यस प्रविधीबाट एक पटकमा २ हजार रुपैयाँसम्म बिना पनि कारोबार सकिन्छ ।

सिटिजन्स बैंकले १०९ शाखा, ९८ एटिएम र १०७ शाखारहित बैंकिङ्ग इकाइबाट सेवा दिँदै आएको छ । करिब सात लाख सेवाग्राही रहेको यस बैंकले आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । बैंका अनुसार नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै वित्तीय आवश्यकता डिजिटली पूर्ति गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनी गरेको गरेको छ ।

डिजिटल बैंकिङ्गलाई बढाउन बैंकले कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवा निःशुल्क दिँदै आएको छ । यसले डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्यवसायिक ज्ञानको कमि, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पूँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्युनिकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रम, सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा सुविधा समेत दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया