नेप्सेमा ३१ अंकको उछाल, परिसूचक २४ सय नजिक

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा ३१ अंकको उछाल आएको छ । मंगलबार ५ अंकले घटेर बुधबार १५ अंकले सुधार भएको धितोपत्र बजार नेप्से परिसूचक बिहीबार भने ३१ अंकले बढेको हो । बिहीबार सेयर परिसूचक २३७४ अंकमा पुगेको छ । कारोबार रकम र कारोबार सेयर संख्या दुबै बढेको छ ।

बुधबार ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय २३ रुपैयाँमा १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर किनबेच भएको छ । २ सय ९ कम्पनीको उक्त शेयर ६९ हजार ३ सय ३३ ओटा कारोबारमार्फत किनबेच भएको हो । बिहीबारको बजारमा बैकिङ र म्युचुअल फण्डका समूहगत सूचकबाहेक सबै समूहका सूचक हरियो भएका छन् ।

बिहीबारको कारोबारमा निर्जीवन बीमा समूहको सूचक ५४० अंकले बढेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक ४४३ अंकले बढेको छ । कारोबार रकमका आधारमा पनि धेरै कमाउने कम्पनीहरुमा बीमा समूहकै रहेका छन् ।

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५३ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया