संसद विघटनविरुद्ध पेरिसडाडाँमा उडाइयाे बेलुन

काठमाडौं । सत्तारूढ नेकपा नेपाल-दाहाल निकट राष्ट्रिय युवा संघले कालाे बेलुन उडाएर संसद विघटनकाे विराेध गरेका छन्।

पार्टीकाे केन्द्रीय मुख्यालय पेरिसडाडाँबाट युवा संघले संसद विघटनकाे विराेध गर्दै कालाे बेलुन उडाएर प्रदर्शन गरेकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी वैशाखमा निर्वाचनको घोषणा गरेका थिए । संसद विघटनपछि नेकपाकै शीर्ष नेताहरूसँग विपक्षी दलका नेता, कार्यकर्ताले सडकमा आन्दोलन गर्दै आएका छन् ।

संसद पुनर्स्थापना हुनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया