‘कोरोना सँगसँगै ओली भाइरसविरुद्ध पनि लड्नु छ’

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले कोभिड १९ विरूद्धको खोप अनुदानमा ल्याएकोबारे टिप्पणी गरेका छन् । र्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले डेढ प्रतिशत जनतालाई पुग्ने खोप सरकारले भारतबाट सहयोग लिएकोमा टिप्पणी गरेका हुन् ।

भट्टराईले बिहान ट्वीट गर्दै डेढ प्रतिशत जनतालाई पुग्ने खोप त ल्यायो, बाँकी जनतालाई कहिले खोप दिने भन्ने पनि प्रश्न गरे । ‘मागेको धोतीले मेरो लाज छोपिन्न…’ भन्ने गीत रेडियोमा खुबै सुनिन्थ्यो ! अहिले कोरोना महामारी विरूद्धको खोप पनि मागेर लगाउनुपर्ने अवस्था छ । त्यो पनि चार लाख अर्थात् डेढ प्रतिशत जनतालाई मात्र पुग्ने रे । बॉकीलाई कहिलेसम्म होला ? कता हात थाप्ने होला ?’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै भनेका छन्- ‘फेरि कोरोना सँगसँगै ओली भाइरससँग लड्नु छ ।’

प्रतिक्रिया