आर्युवेदले नसोचेको परिवर्तन, बिरामीनै दंग

धु्रवराज खनाल –

चितवन। विगत दुई वर्षदेखि हिडडुलमा समस्या रहेको, जीउ धान्न नसक्ने अवस्थाबाट गुज्रिरहेकी चितवन रत्ननगर १३ लौरी घोलकी जान्दव भट्टराई अहिले आफै दंग छिन् । यो अवधिमा लगातार अस्पताल धाए पनि स्वास्थ्यमा सुधार नआएपछि उनी आर्युवेदिक उपचार तर्फ लागिन् । आर्युवेद उपचारले स्वास्थ्यमा सुधार आएपछि उनी दंग मात्रै परेकी छैनन्, खुसीको सिमा नरहेको बताउँछिन् ।

रत्ननगर १ बकुलहरमा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउँदा भेट भएकी भट्टराईले छोटो अवधिमा आफ्नो स्वास्थ्यमा आएको परिवर्तनबारे खुसी साटिन् । दुई वर्ष अघिदेखी हिँड्न नसक्ने, जीउ काप्ने र जीउ धान्न नसक्ने अवस्था रहेपछि एलोपेथिक उपचारका लागि कयौं पटक अस्पताल चाहरेको भट्टराईले बताईन् ।

स्वास्थ्यमा सुधार नआउनु र खर्च पनि बढ्दै गएपछि लामो समयपछि उनी आर्युवेदिक उपचार गर्नेतर्फ लागिन् । आफ्नो घर नजिकै भए पनि यही पुष २३ गते जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा उपचारका लागि गईन् । स्वास्थ्य जाँच गरेपछि आर्युवेदिक औषधी सेवन गर्न थालेकी भट्टराईमा अप्रत्यासित परिवर्तन आउन थाल्यो ।

घर भित्र र बाहिरसमेत हिड्न समस्या हुने उनी मंगलवार जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा अटो चढेर एक्लै उपचारका लागि आईन् । घर फर्कदा टाँडी चोक सम्म हिडेरै गईन् । आफ्नो स्वास्थ्यमा आएको सुधारबारे खुसी साट्दै भट्टराईले भनिन् – सन्चो हुन्छ भन्ने विश्वास थिएन, अस्पतालमा उपचार गर्दा भन्दा अहिले धेरै सुधार आउँदा आफै दंग छु ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र घर नजिक भएपनि आर्युवेदमा विश्वास नहुँदा यहाँ नआएको उनले सुनाईन् । चाँडो निको हुनका लागि अस्पताल जानेका गरेका छाँै, उनले भनिन्, अस्पतालको उपचार भन्दा आर्युवेद उपचारले आफुमा राम्रो भएको छ । उनले आफ्नो उपचारमा मासिक १३ हजार रुपैयाँ खर्च हुदै आएको पनि वताईन् । भट्टराई जस्तै कयौं विरामीहरु जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा उपचारका लागि धाउने गरेका छन् ।

दैनिक ५० बढि बिरामीको उपचार
जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रमा उपचारका लागि विरामीहरुको चाप बढ्दै गएको छ । केन्द्रका अनुसार अहिले बढिमा ५५ जनासम्म उपचारका लागि आउने गरेका छन् । केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले सरदर ४५ जना अस्पतालमा सेवा लिन आईरहेका छन् । आर्युवेद उपचारका लागि पुष माघमा बिरामीको संख्या कम हुने भए पनि अहिले त्यस्तो रहेको छैन् । अरु बेलाकै जस्तै बिरामीहरु उपचारका लागि आउने गरेको डाक्टर अधिकारीले बताईन् ।

उपचारका लागि चितवनबाहेक नवलपरासी, गोर्खा, धादिङ, मकवानपुर लगायतबाट आउने गरेको उनले जानकारी दिईन् । बिरामीको चाप बढेसँंगै केन्द्रले सेवा र सुविधा समेत विस्तार गर्दै गएको छ । केन्द्रमा यसअघि प्रयोगशाला थिएन् । मंगलबारदेखि प्रयोगशाला संचालनमा आएको छ । रत्ननगर नगरपालिकाको आर्थिक सहयोगमा प्रयोगशाला संचालनमा आएको हो ।

केन्द्रको मातहतमा रहँदै आएको ८ वटा औषधालय अहिले स्थानीय तहमा समाहित भएको छ । केन्द्रको अहिले खैरहनी, शिवनगर, कालिका र इच्छाकामनाको चुम्लिङटारमा नागरीक आरोग्य सेवा केन्द्र रहेका छन् । अहिले केन्द्रको परिसरमा बागमती प्रदेशका १३ वटै जिल्लालाई सेवा प्रवाह हुने गरी आर्युवेदिक औषधी उत्पादन केन्द्रको भवन धमाधम निर्माण भईरहेको छ ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रले थेरापी, सिरोधारा, तनाव व्यवस्थापन, दुखाई व्यवस्थापन, सेक्ने, मालिस गर्ने, कटीवस्ती, जानुवस्ती लगायत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया