फाइभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१ सुरु

काठमाडौं । प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसम्बन्धी जानकारी दिन ‘फाइभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटी मण्डपमा बुधबार एक समारोहका बीच उक्त भर्चुअल एक्सपोको अनलाइनमार्फत उद्घाटन भएको छ । तीन कोभिड–१९ संक्रमणको जोखिमका कारण विगत वर्षहरु जस्तो यो वर्ष मेला भौतिक रुपमा हुन नसकेको आयोजकले जनाएको छ ।

एक्सपोको उद्घाटन समारोहमा उद्घाटनमा भारतका उद्योग तथा ब्यापार बिभागका निर्देशक आलोक मालभीया, नेपाल स्थित भारतीय राजदुताबासका प्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष पुस्कल गौतम, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, भारतीय च्याम्बर अफ कमर्सका बिदेश विभाग अध्यक्ष नवीन सर्दना र आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड इभेन्टका म्यानेजिङ डाइरेक्टर प्रेम अनवेशी र सुजल भट्टराईलगायतका बक्ताहरुले एक्स्पोको महत्वका बिषयमा जानाकारी गराएका थिए ।

उक्त एक्स्पोमा प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसम्बन्धी नेपाल भारत लगायत विभिन्न देशका उद्योगले आफ्ना उत्पादन तथा प्रबिधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममा करिव एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनीको अवलोकन गरेका थिए ।

परिवर्तित समय अनुसार बिभिन्न उद्योगको क्षेत्रमा समेत प्रविधिको तिव्र रुपमा विकास र परिवर्तन भएकाले उक्त एक्स्पो नयाँ प्रविधिका बिषयमा ज्ञान लिन र अनलइनको माध्यमबाट खरिद तथा बिक्री गर्न राम्रो अवसरको रुपमा रहेको बिश्वास आयोजक तथा सहभागीले गरेका छन् ।

प्रतिक्रिया