जाेर्नीकाे दुखाईबाट कसरी बच्ने ? यस्ता छन् घरेलु उपचार

एजेन्सी । व्यायामका समय हुने जाेर्नीकाे दुखाई अधिकांश मानिसहरूले बेवास्ता गर्ने गर्छन् । व्यायामकै कारण दुखाइ भएकाे हुनसक्ने अनुमानका भरमा मानिसहरू चिकित्सकिय परामर्श समेत आवश्यक ठान्दैनन् ।

जाेर्नी दुखाइ वृद्धवृद्धाहरूकाे मात्रै समस्या रहेकाे युवाहरूकाे बुझाइ छ । तर यी समस्याकाे बेवास्ता गर्नुहुँदैन । बारम्बार जाेर्नीकाे दुखाइ हुने समस्या देखिए उचित सावधानी अपनाउनुका साथै तुरून्तै उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् ।

लक्षणहरू : 

याे राेगका बिरामीहरूमा प्रायः ज्वरो आउने, मांसपेसीहरूमा पीडा हुने, प्राय: थकित महसुस हुने, भोक कम लाग्ने, ताैल कम हुँदै जाने लक्षणहरू देखिन्छन् ।

विशेषगरी बिहानीकाे समय शरीरका विभिन्न जोर्नीहरूमा यति धेरै पीडा हुन्छ कि, चलमलाउन समेत धेरै समस्या हुने गर्छ । जाेर्नीमा जहाँ-जहाँ दुख्छ, त्यहाँ सुन्निनु पनि याे राेगकाे विशेषता हाे । जाेर्नीकाे वरिपरि स-साना गाँठाहरू पनि देखा पर्छन्, जहाँ हातखुट्टा चल्मलाउँदा समेत आवाज आउने हुन्छ । शरीरकाे कुनै पनि भाग चलमलाउँदा दुख्ने, पाेल्ने, सुन्निने पनि हुन्छ ।

दुखाइबाट कसरी बच्ने ? 

– ताताेपानीले नुहाउने ।

– अधिक वजनका कारण घुँडा र कम्मरमा दबाब पर्ने हुँदा आफ्नो तौल सधैँ नियन्त्रणमा राख्ने ।

– यदि तपाईं यसकाे औषधि लिइरहनु भएको छ भने, त्यसलाई समयमै लिनुहोस् । यसले पीडामा राहत दिन्छ ।

– व्यायाम र योगाले पनि धेरै फाइदा पुर्याउँछ । तर यसाे गर्नका लागि विज्ञहरूकाे सल्लाह आवश्यक छ ।

– प्रशस्त पानी पिउने ।

– धम्रपान, मद्यपान त्याग्ने ।

– पोषणयुक्त आहार लिने ।

– राेगबाट छिट्टै छुट्कारा पाउन डाक्टरसँग परामर्श लिने ।

घरेलु उपचार : 

– दुखाइबाट छुट्कारा पाउन जैतुनकाे तेलले मालिस गर्ने, यसले राहत दिलाउँछ ।

– स्टिम बाथ र मालिस यसका लागि धेरै फाइदाजनक हुन्छ ।

– दैनिक अदुवाकाे पाउडरले पनि दुखाइमा राहत दिन्छ ।

– याे समस्या निदानका लागि पेट सफा राख्नु पनि महत्वपूर्ण हुन्छ । त्यसकारण फाइबरयुक्त खाना खानुहाेस्, जसले बिहान पेट राम्राेसँग सफा गर्छ ।

प्रतिक्रिया