सेयरबजारमा १५ अंकको सुधार

काठमाडौं । साताको चौथो दिन शेयर बजारलाई १५.८७ अंकको सुधार मिलेको छ । मंगलबार ५.५७ अंकले खस्किएको बजारमा बुधबारको उक्त सुधार भएकाे हाे । बुधबार शेयर बजार परिसूचक २३४२.७६ अंकमा पुगेको छ ।

परिसूचक बढेको देखिए पनि कारोबार रकम र कारोबार भएको शेयर संख्या मंगलबारको तुलनामा कम छ । बुधबार ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँमा २ सय ११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता सेयर खरिदबक्री भएको छ ।

बकी मंगलबार सेयर बजार परिसूचक ५.५७ अंकले घट्दा पनि ७ अर्ब ४६ करोड ७४ लाख ३९ हजार ८ सय ४८ रुपैयाँमा १ करोड ६३ लाख ५ हजार १ सय ४१ कित्ता शेयर खरिदबिक्री भएको थियो ।

कारोबार हुने कम्पनीको संख्या भनेको छ । मंगलबार २०६ कम्पनीको शेयर मात्रै कारोबार भएको थियो ।

बुधबार बैंकिङ, टे«डिङ, उत्पादन तथा प्रशोधन, होटल र अन्य समूहगत परिसूचकहरु घटेका छन् । तर, विकास बैंक, वित्त, जलविद्युत्, बीमा, लघुवित्त समूहको समूहगत परिसूचक बढेको छ ।

प्रतिक्रिया