यसरी मिनेटभरमै सकियो प्रदेश १ को बैठक [भिडिओसहित]

विराटनगर । प्रदेश नं. १ को सातौं अधिवेशनको बुधबारको पहिलो बैठक मिनेटभरमै सकिएको छ ।

प्रदेश प्रमुखले हिउँदे अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइएपछि तत्कालै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित भएको जानकारी गराएका थिए । भिडिओमा पत्रको वाचन सकिएलगत्तै सभामुख भण्डारीले भनेका छन्, ‘माननीय सदस्यहरु अब यो बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित हुन्छ ।’

त्यहाँ दुवै पक्षको नेकपाले एकअर्कालाई निषेध लगाउने रणनीति बनाएपछि कार्य व्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।

प्रदेशमा गत १२ पुषमा मुख्यमन्त्री शेरधन राईविरुद्ध ३७ जना सांसदहरुले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

–यो पनिः
प्रदेश १ बैठक : तीन मिनेट बसेर स्थगित

प्रतिक्रिया